२०७९ मंसिर १, बिहीबार ०९:४६

बुटवल ।
बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीव्रता दिन बुटवल उपमहानगरपालिकाले आयोजना कार्यालयको ध्यानाकर्षण गराएको छ । बुधबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम) का प्रमुख प्रदीपराज शाक्य, परामर्शदाताहरू शुभम सैजु र सुरेश विष्टसँग छलफल गर्दै सडक विस्तारको काम बुटवलबाट सुरु गर्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र पूर्वाधार विकास शाखाका प्रमुख गौतम रौनियार र आयोजना पक्षको उपस्थितिमा बुटवल उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलमा प्रमुख पाण्डेयले सडक विस्तारको काम समयमा नहुँदा दुर्घटना बढेको, धुलोका कारण आसपासको वस्ती र व्यवसाय प्रभावित भएको, सहर कुरुप भएकोलगायतका विषयलाई पनि चासो दिन ध्यानाकर्षण गराए ।

नगरप्रमुख पाण्डेयले रामनगरस्थित पशु बधशाला जाने बाटोको व्यवस्थापन गर्नका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे । छलफलका क्रममा आयोजना प्रमुख प्रदीपराज शाक्यले सडक विस्तारको कामलाई तीब्रता दिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय