२०७९ माघ १०, मंगलवार ०८:३१

बुटवल । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीका असर रहेकाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भुभागमा हल्का वर्षा हुने छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।

त्यस्तै, देशका उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र तराईमा विहानीपख सामान्य कुहिरो लाग्नेक्रम जारी रहने हुनाले चिसो बढेर जनजीवन प्रभावित हुने विभागको भनाइ छ । आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भूभागमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय