२०७९ चैत्र ३, शुक्रबार ०८:०२

काठमाण्डौ  बर्दिया र मकवानपुर आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बिहानैदेखि बर्दिया, मकवानपुरलगायत केही ठाउँमा हल्का पानी परिरहेको छ । आज अन्य क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

आज देशभरकै मौसम सामान्यतया बदली नै रहने मौसमविद् कँडेलले बताउनुभयो । धेरै ठाउँमा बिहानैदेखि बादल लागेको छ । दिउँसो केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।

आज काठमाण्डौमा पनि बेलुकीपख हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । ठूलो वर्षाको सम्भावना भने तत्कालका लागि नरहेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय