२०७९ चैत्र ८, बुधबार १२:०७

काठमाण्डौ –  सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले घटेको छ ।

हिजो तोलामा एक लाख ९  हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ७ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर आज एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय